किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ ।
घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपछि त्यसलाई कायम राख्न सकेन र ४–१ को लज्जास्पद हार व्यहोरेको हो । क्याम्प नोउमा खेलको २७ मिनेटमा कप्तान लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ३२ मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा पीएसजीले तीन गोल ग¥यो । जसमा एमबाप्पेले २ गोल गर्दै ह्याट्रिक पूरा गरे । ६५ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाएका थिए । ७० मिनेटमा मोइस केनले पीएसजीको लागि तेस्रो गोल गरे । ८५ मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४–१ ले विजयी भयो ।