काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलाको ९० हजार ९ सय थियो ।
तेजाबी सुनको मूल्य तोलामा १ हजार ५० रुपैयाँले घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयााले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।