काठमाडौं – परीक्षामा थोरै नम्बर ल्याएको भन्दै कक्षा भित्र विद्यार्थीलाई कुटपिट गर्ने राजपुर गाउँपालिका–७ को माध्यमिक विद्यालय सिक्टाका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन ३ गते हेमराज बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायव निरीक्षक मीनबहादुर शाहीले जानकारी दिएका छन् ।
‘विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरेका हौँ’ उनले भने, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’ करिब दुई हप्ताअघि शिक्षक बिकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो समेत सार्वजनिक भएको थियो । शिक्षक बिकले विद्यार्थी कुट्नु गल्ती रहेको आफुले स्वीकार गरेका छन् ।