काठमाडौं – भारतले नेपाललगायत अन्य छिमेकी मुलुकहरुसँग कोरोना भाइरसको संकट र खोपको विषयहरुमा छलफल गर्ने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सार्कका सबै सदस्य र यस क्षेत्रमा अन्य मुलुकहरु सो छलफलमा सहभागी हुने भएका छन् ।
बैठकमा उच्च अधिकारीहरु सहभागी हुने भनिएता पनि कुन तहको हो भन्ने यकिन भने भएको छैन । बैठकमा खोप लगायत अन्य स्वास्थ्यसँग सम्बन्धित विषयमा समेत छलफल हुनेछ । भारतले नेपाललगायतका छिमेकी मुलुकहरुलाई अनुदानमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ ।