भारतको मध्य प्रदेशको सीधी जिल्लामा यात्रुबस पुलबाट नहरमा खस्दा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । ५४ जना सवार बस पुलबाट नहरमा खसेको थियो जसमा ३९ जनाको शव निकालि सकिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
बसबाट एनडीआरफ (एसडीआरएफ, स्थानीय प्रशासनले अझै पनि नहरमा खसेकाहरुको उद्दार तथा खोजी कार्य गरिरहेका छन् । दुर्घटनामा परी मर्नेहरु अधिकांश विद्यार्थीहरु रहेका छन् । ५४ यात्रीहरु बोकेर उक्त बस सीधीदेखि सतनातर्फ गइरहेको थियो । तर बाटोमा बलेरो गाडिलाई साइड दिन लाग्दा बस नहरमा खसेको थियो ।
उक्त दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय आपतकालिन कोषबाट मृतकको परिवारलाई दुई÷दुई लाख दिने प्रतिवद्धता जनाएका छन् । साथै घाइते भएकाहरुलाई ५० हजार सहायता उपलब्ध गराउने मोदीले ट्विटरमार्फत बताएका छन् ।