बंगलादेशको एक अदालतले लेखक तथा ब्लगर अभिजीत रायको हत्यामा पाँचजनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अर्का एक दोषीलाई जन्मकैदको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही दिन पहिले अभिजीत रायको पुस्तकका प्रकाशक फैसल अरेफिन दीपनको हत्यामा दोषी ठहर ८ जनालाई मृत्युदण्डको फैसला भएको थियो ।
लेखक अभिजीतको ६ वर्ष पहिले हत्या भएको थियो । सन् २०१५ मा राजधानी ढाकामा भएको पुस्तक मेलाबाट निस्किँदै गर्दा अभिजीतको हत्या भएको हो । त्यसको चौतर्फी विरोध भएको थियो । बंगलादेश बाहिर पनि उनको हत्याको निन्दा भएको थियो ।