रुसका एस्लान कारात्सेभ वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन् । २७ वर्षीय एस्लान कारात्सेभले मंगलबार भएको खेलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई चार सेटमा पराजित गरेका हुन् ।
उनी ग्राण्डसलामको डेब्यु खेलमै अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्ने पछिल्लो ५३ वर्षयता कै पहिलो खेलाडी बनेका छन् । उनले दिमित्रोभलाई ६–२, ४–६, १–६ र २–६ को सेटमा पराजित गरेका हुन् ।