काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २ सय रुपैयाँले बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी तेजावी सुन तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।