काठमाडौं – झापाको भद्रपुरमा एक व्यक्तिले ढुंगा प्रहार गरि पत्नीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका ७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उराउले पत्नी ५७ वर्षीया फुलसिता उराउको हत्या गरेका हुन् । पत्नीको हत्या गरेको आरोपमा प्रहरीले साहिबालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिएका छन् । उनका अनुसार सोमबार दिउँसो ३ बजे पति÷पत्नी दुवै जनाले मदिरा सेवन गरि झगडा गरेका थिए । झगडाको क्रममा साहिबाले उनकी पत्नीको टाउकोमा ढुङ्गा प्रहार गरेका थिए ।