काठमाडौैं – लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो ।
सेयर मूल्य बढेको कारणले मात्रै भने अहिले पुँजीकरण बढेको भने होइन । केहि नयाँ कम्पनीहरु थपिएका छन्, ति कम्पनीहरुको पुँजीकरण समेत जोड्दा ३४ खर्ब माथि पुगेको हो ।