एजेन्सी – दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको जानकारी दिएका छन् । प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३ सय ४४ जनामा कोरोना भाइरसका सङ्क्रमित भेटिएको समाचारमा बताइएको छ । गएको २४ घन्टामा देखिएको यो सङ्ख्या केही दिनयताकै धेरै रहेको बताइएको छ ।
योसँगै यहाँका सङ्क्रमितहरुको सङ्ख्या ८३ हजार ८ सय ६९ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा १ सयजना जति सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । दक्षिण कोरियामा अहिले नयाँ वर्ष मनाइएको छ । यही नयाँ वर्षको क्रममा दक्षिण कोरियाका धेरै व्यक्तिमा सङ्क्रमण भएको देखिएको छ ।

पछिल्लो २४ घन्टामा यहाँ ५ व्यक्तिको मृत्यु भएको बताइएको छ । यो मृत्युपछि यहाँ कोरोनाको सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या १ हजार ५ सय २७ जना पुगेको बताइएको छ । शुरुमा यहाँका सङ्क्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको थियो । तर पछिल्ला महिनाहरुमा भने यहाँ स्वदेशमा पनि आन्तरिक रुपमा भाइरसका सङक्रमितहरु बढेका बताइएको छ ।

यहाँ निकै थोरै सङ्ख्यामा मात्र सङ्क्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको पनि बताइएको थियो । तर प्राप्त समाचार अनुसार दक्षिण कोरियामा पछिल्ला केही महिनायता भने सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको देखिएको हो । दक्षिण कोरियाको सरकारका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका नागरिकको भाइरसका कारण सङ्क्रमितहरु मध्ये १.८२ प्रतिशतको ज्यान गएको बताएका छन् ।