Sister-Andre

 

फ्रान्सकी १ सय १६ वर्षकी महिला कोरोना भाइरसको सङ्क्रमण जित्न सफल भएकी छन् । फ्रान्सेली नन लुसिली रान्डनले सन् १९४४ मा सिस्टर एन्ड्री नाम लिएकी थिइन् । जनवरी १६ मा उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो । उनमा कुनै लक्षण भने देखिएन । आफू सङ्क्रमित भएको आशङ्का समेत नगरेको उनले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् । तोउलोनमा रहेको रिटायरमेन्ट होममा बस्दै आएकी उनलाई सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएको थियो । हाल उनी पूर्ण रुपमा सङ्क्रमण मुक्त भएकी छन् । सन् १९०४ को फेब्रुअरी ११ मा जन्मिएकी उनी युरोपकी सबैभन्दा पाको उमेरकी व्यक्ति हुन् ।