काठमाडौं – आफ्नै श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा पाल्पाको जलजला गाउँपालिका–४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफैँले धुलेपालसिङको जङ्गलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी दिएछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।