tuna-muna-image
काठमाडौं – गायक वाशुदेब केसीको नयाँ म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक भएको छ । गीतमा गायक वाशुदेब केसीलाई गायिका बिद्या तिवारीले स्वरमा साथ दिएकी छन् । हरि लम्सालको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल जेविका कार्की र राजिव थापाको अभिनय रहेको छ । मिलन एक्स तामाङ र मण्दीप बखुंछेले छायांँकन रहेको भिडियो मण्दीप बखुंछेले निर्देशन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर करेक्शन रहेको छ ।