gold-image
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिरनै रहेको महासंघले जानकारी दिएको छ । यसैबीच आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो १ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।