juventas-playing
काठमाडौं – युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । इन्टरमिलानलाई दुई लेगको खेलमा २–१ ले पराजित गर्दै युभेन्ट्स उपाधिको नजिक पुगेको हो । गएराती घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले इन्टरसङ्ग गोलरहित बराबरी खेलेको थियो । तर पहिलो लिगमा हात पारेको २–१ को जितले गर्दा युभेन्ट्स फाइनलमा पुगेको हो । युभेन्ट्सले अब फाइनलमा साविक विजेता नापोली र एटलान्टाबीचको विजेतासङ्ग खेल्नेछ । युभेन्ट्सले सर्वाधिक २० पटक कोपा इटालिया जितेको छ ।