Accident-logo
काठमाडौं – सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार चोकमा मोटरसाइकलले स्थानीय ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका साहको धरानको घोपामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकानरी दिएको छ । ठक्कर दिने मोटरसाइकलका चालक ३० वर्षीय घनश्याम धामी गम्भीर घाइते भएका छन् । उनको घोपामै उपचार भइरहेको छ ।