covid-virus-image
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप १ सय ६० जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ । आज देशभर थप २ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ हजार ४७ पुगेको छ ।आज १ सय ६५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ । हाल देशभर १ हजार ७ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।