इङ्ल्यान्डविरुद्धको चार टेस्ट क्रिकेटको शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारत २ सय २७ रनले पराजित भएको छ । ४ सय २० रनको लक्ष्य पछ्याएको भारत पाचौँ तथा अन्तिम दिन आज १ सय ९२ रनमा समेटियो । भारतलाई सस्तोमा समेट्न इङ्ल्यान्डका ज्याक लिचले ४ र जेम्स एन्डर्सनले ३ विकेट लिएका थिए । जोफ्रा आर्चर, डम बेस र बेन स्टोक्सले एक–एक विकेट हात पारेका थिए । भारतका लागि विराट कोहलीले सर्वाधिक ७२ रन बनाए, प्रारम्भिक ब्याट्सम्यान सुभमन जिलले ५० रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय पाली खेल्न सकेनन् । रोहित शर्मा १२, चेतेश्वर पुजाराले १५ र विकेटकिपर रिशभ पन्तले ११ रन जोडे । अजिन्क्या रहाने र वासिङ्टन सुन्दरले खाता खोल्न सकेनन् । सहबाज नदिम पनि शून्यमा आउट भए ।