चलचित्र ‘चपली हाइट, चपली हाइट २, चपली हाइट ३, फिटकिरी, फाटेको जुत्ता’ लगायतका चलचित्र निर्माण गरेका निर्माता अर्जुन कुमार अब निर्देशक बन्ने तयारीमा लागेका छन् । अर्जुनले निर्देशन गर्न लागेको डेब्यू चलचित्रको नाम ‘गोरे सार्की’ राखिएको छ । चलचित्रका लागि कलाकार फाइनल गर्ने क्रम चलिरहेको अर्जुनले जानकारी दिएका छन् । यो चलचित्रको छायांकन आउँदो बर्षको जेठ महिनाबाट सुरु हुने अर्जुनले बताएका छन् । उनले भने–‘गोरे सार्की थ्रिलर जनरामा निर्माण हुन लागेको चलचित्र हो । यो चलचित्रको कथा फाइनल गर्न हामीले लामो समय लगाएका थियौं ।’