काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।