काठमाडौं – भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या गरेको घटनामा मुछिएपछि स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ । मोतिहारी प्रहरीका एसपी नवीन चन्द्र झाले कुण्डवा चैनपुर थानाका प्रमुख सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरेको टाइम्स अफ इण्डियाले जानकारी दिएको छ ।

उनीमाथि आरोपीसँग मिलेको र पीडितको जाहेरी लिन अस्वीकार गरेको आरोप समेत लागेको छ । आरोपी र थाना प्रमुखबीचको अडियो कुराकानी भाइरल भएपछि मिलिभगतको आशंका गरिएको थियो । यही माघ ८ गते बर्दियाको बारबर्दिया नगरपालिका – ३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएका थिए । मृतकका परिवार भारतमा मजदुरी गर्दै गुजारा चलाउँदै आएका थिए ।