काठमाडौं – बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने व्यक्तिलाई ४ दिन पछि प्रहरीले पक्राउ गरेको छ । माघ २४ गते आफ्नै छोरीलाई गोली प्रहार गरि हत्या गर्ने पुर्चौडी नगरपालिका –१० का धनसिह महरालाई प्रहरीले पक्राउ गरेको हो । माघ २४ गते साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए । महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली प्रहार गरेका थिए । गोली प्रहार गरेर हत्या गरेका महरा बन्दुक लिएर फरार भएका थिए । यसैबिच महराले आफ्नै घरमा आगजनी समेत गरेका थिए । महराका २ श्रीमती छन् । कान्छी श्रीमतीसँग उनको विवाद भएको थियो ।