messi-image

बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । मेस्सीलाई इन्टरनेशनल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड स्टाटेस्टिक्स (आइएफएफएचएस) ले सो उपाधि प्रदान गरेको हो । सो संस्थाले गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी छनौटका लागि विश्वका १ सय ५० देशमा रहेका आफ्ना सदस्यहरुबाट मतदान गराएको थियो । लियोनल मेस्सीले युभेन्टसका क्रिष्टियानो रोनाल्डो, पिएसजीका नेइमार तथा बार्सिलोनाका पूर्व खेलाडी आन्द्रेस इनिएस्टालाई पछि पारेर उपाधि जितेका हुन् । गत दशकमा मेस्सीले ६ पटक ला लिगा, पाँच पटक कोपा डेल रे, दुई पटक च्याम्पियन्स लिग तथा चार पटक बोलोन डी’ओर जितेका थिए । आइएफएफएचएसले महादेशीय खेलाडीको नाम पनि घोषित गरेको छ । रोनाल्डो युरोपेली क्षेत्रको दशक खेलाडी घोषित भएका छन् । मेस्सी दक्षिण अमेरिकी दशक खेलाडी पनि बन्न सफल भएका छन् ।