काठमाडौं – साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अङ्क भन्दा धेरैले बढेको छ । लगानीकर्ताहरु धेरै लघुवित्त कम्पनीहरुको सेयर किन्न बसेका छन् । फरवार्ड माइक्रोफाइनान्स लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । पछिल्लो समय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यता आकर्षित भएका हुन् । आइतबार सेयर बजारमा नयाँ रेकर्ड नै कामय भएको थियो । सोमबार पनि यहिँ अनुपातमा बढ्ने हो भने नयाँ किर्तिमान कायम हुने देखिन्छ ।