एजेन्सी – म्यान्चेस्टर सिटीले साबिक विजेता लिभरपुललाई उसैको घरेलु मैदानमा लज्जास्पदको हारको स्वाद चखाएको छ । आइतबार राति भएको खेलमा सिटीले लिभरपुलाई ४–१ गोलले पराजित गरेको हो । इल्के गुन्डोगानले पेनाल्टीमा गोल गर्न चुकेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुवातमा गुन्डोगानले नै सिटीलाई अग्रता दिलाएका थिए । यद्यपि, मोहमद शलाहले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।

त्यसको १० मिनेटपछि गुन्डोगानले दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३ मिनेटपछि राहिम स्टर्लिङले गोल गर्दै सिटीको अग्रता फराकिलो बनाए, भने फिल फोडेनले खेलको अन्त्यतिर गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । जीतसँगै सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा पकड बलियो बनाएको छ । २२ खेलपछि सिटीको ५० अङ्क रहेको छ । एक खेल कम खेल्दै सिटीले शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाएको छ ।