काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन तोलामा रु २ सयले घटेको छ । आइतबार रु ९० हजार १ सय ५० मा कारोवार भएको तेजाबी सुन आज रु ८९ हजार ९ सय ५०मूल्य निर्धारण भएको छ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २ सयले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४ सयमा कारोवार भएको छ ।

छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६ सयमा कारोवार भएको थियो । त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । रु १ हजार ३ सय १० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु १ हजार ३ सय १५ मूल्य निर्धारण भएको छ ।