Football-image

एजेन्सी – ज्लाटान इब्राहिमोविचले क्लबस्तर ५ सयौँ गोल पूरा गरेका छन् । आइतबार एसी मिलानले क्रोटोनेलाई ४–० ले हराउने क्रममा गोल गर्दै इब्राहिमोविचले सो उपलब्धि हासिल गर्न सफल भएका हुन् । ३९ वर्षीय स्वीडिस स्ट्राइकरले खेलको ३० मिनेटमा गोल गर्दै क्लब करियरको ५ सयौँ गोल पुरा गरेका हुन । त्यसपछि दोस्रो हाफमा करियरको ५ सय १ गोल गर्दै मिलानको अग्रता दोब्बर बनाएका छन् । एन्टे रेबिचले त्यसपछि दुई गोल गर्दै मिलानलाई सहज जित दिलाए । जीतसँगै मिलानले चीर प्रतिद्वन्द्वी इन्टर मिलानलाई उछिन्दै इटालियन सिरिए एको शीर्ष स्थानमा उक्लिएको छ । २१ खेलबाट मिलानको ४९ अङ्क रहेको छ । अन्य खेलमा लाजियोले काग्लियारीलाई १–० ले हरायो भने पार्मा बोलोग्नासँग ३–० ले पराजित भयो ।