काठमाडौं – बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका – १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको प्रहरीले जानकारी दिएको छ । जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए । केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको उनले प्रहरीसमक्ष जानकारी दिएका छन् ।