Writing-exam-image

काठमाडौं – नेपालमा अध्ययन गर्ने भारतीय विद्यार्थीहरुको सङ्ख्या २ हजार ७ सय ५० रहेको एक अध्ययनले देखाएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको माथिल्लो संसद राज्य सभालाई गराएको जानकारी अनुसार १० लाख भन्दा बढी भारतीय विद्यार्थी विभिन्न मुलुकमा अध्ययन गरिरहेका छन् । धेरै भारतीय विद्यार्थीहरु अमेरिका, अष्ट्रेलिया,चीन, जर्मनीलगायतका मुलुकमा अध्ययनरत छन् ।