काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप १ सय १९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ । आज देशभर थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आजको यो सङ्ख्यासँगै हालसम्म देशभर कोरोना भाइरसका कारण मृत्यु हुनेको कुुल सङ्ख्या २ हजार ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ६० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६८ हजार ७२ पुगेको छ । हाल देशभर १ हजार ८ सय १५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर २ हजार २ सय ५१ पीसीआर परीक्षण भएको छ ।