काठमाडौं – सेयर बजारमा आज एकैदिन १० अर्बको कारोबार भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा १ करोड ७७ लाख कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो । आइतबार बजार १० अर्ब ४४ करोड रुपैयाँ बरारबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । यो एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै रकम हो । कारोबार बढ्दा आज बजार परिसूचकमा ४८ अङ्कको सुधार देखिएको छ । यो दिन ४८ दशलव ९७ अङ्कले बजार बढ्दा नेप्से परिसूचक बजार परिसूचक २ हजार ५ सय २४ दशमलव २४ अङ्कमा पुगेको छ । यो परिसूचक पनि अहिलेसम्मकै धेरै हो ।

समग्र बजार ४८ अङ्कले बढ्दा पनि यो दिन वाणिज्य बैंक, विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचक भने घटेको छ । म्युचुअल फण्ड भने सबैभन्दा धेरै ७ दशमलव ६ प्रतिशतले बढेको देखिएको् छ । बजारमा आज १ सय ७३ कम्पनीमध्ये १ सय २५ कम्पनीको मूल्य बढेको छ । ३६ कम्पनीको मूल्य घटेको छ भने बाँकी १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन । यो दिन ३६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । नेपाल फाइनान्सको सेयरमूल्य भने सबैभन्दा बढी ६ दशमलव २७ प्रतिशतले घटेको छ ।