काठमाडौं – कैलालीमा एक जना वडा सदस्यको ट्र्याक्टर राख्ने घरमा युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । गौरीगङ्गा नगरपालिका – ३ का वडा सदस्य निरज चौधरीको ट्र्याक्टर राख्ने घरमा २२ वर्षीया अञ्जिता चौधरी आज बिहान मृत भेटिएकी हुन् । चौधरीले कैलालीकै वनबेहडाबाट विवाह गरेका थिए । विवाह गरेको भएपनि वडा सदस्य चौधरीको गाउँमै अञ्जिता चौधरी प्रेम सम्वन्ध रहेको त्यहाँका स्थानीयले जानकारी दिएका छन् ।

प्रेम सम्वन्धबारे गाउँमा थाहा भएपछि शनिबार राति ११ बजेसम्म छलफलपछि निकास नआएपछि भोलि छलफल गर्ने भनेर घर फर्किएका थिए । तर अञ्जिता चौधरी भने कति बेला वडा सदस्यको घरमा आइन् भन्नेबारे भने थाहा नभएको स्थनीयले जानकारी दिएका छन् । गौरी गंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरीले नगरपालिकामा सुसाइट गरेको भन्ने जानकारी आएको बताइन् । उनले चौधरीलाई कार्यवहाकको जिम्मेवारी नदिएको समेत स्पष्ट पारिन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले युवती वडा सदस्यको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिएका छन् । उनले इलाका प्रहरी कार्यालय मालाखेतीबाट डिएसपी प्रेमबहादुर शाहीको टोली घटनास्थलतर्फ गएको र अनुसन्धानकै क्रममा भएकाले अहिले केही भन्न नसकिने समेत बताएका छन् । कोठामा चुकुल लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार निरज र अञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए । वडा सदस्य निरज अहिले फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।