काठमाडौं – नेपालका विभिन्न जेलमा ८ सय ८६ जना भारतीय नागरिक कैदी बन्दीको रुपमा रहेको एक तथ्याङ्कले देखाएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको राज्य सभालाई गराएको जानकारी अनुसार १ सय ३२ देशमा ७ हजार भन्दा बढी भारतीय नागरिक कैदीको रुपमा रहेका छन् । भारतीय विदेश मन्त्रालयको तथ्यङ्क अनुसार सबैभन्दा धेरै साउदी अरेवियाको विभिन्न जेलमा १ हजार ५ सय ९९ जना भारतीय कैदीहरु रहेका छन् । त्यसैगरी युएई, वेलायत, कतार, मलेसिया इटलीलगायतका मुलुकमा धेरै भारतीय कैदी बन्दी रहेका छन् ।