भारतको उतराखण्डको चमोली जिल्लामा रहेको हिमनदी फुटेपछि त्यस क्षेत्रका बासिन्दालाई सतर्कत गराइएको छ । हिमनदी फुटेपछि धौलीगङ्गा नदीको जलस्तर लगातार रुपमा बढ्दै गएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत त्यसक्षेत्रमा पुगेको बताएका छन् । यस्तै त्यसक्षेत्रका सय देखि दुई सय व्यक्तिहरुको ज्यान जान सक्ने खतरा रहेको बताएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । यसका साथै त्यस क्षेत्रमा बनाइएको ऋषिगंगा पावर प्रोजेक्टमा क्षति पुगेको छल । उक्त प्रोजेकटमा काम गर्ने मजदुरहरु बेपत्ता भएका छन् ।

नदी छेउमा बसेका केही घरहरु पानीमा बगेका छन् भने आसपासका गाउँहरुलाई लाखी गराइएको छ । यस्तै ऋषिगंगाका साथै एनटीपीसीको एउटा प्रोजेक्टमा पनि क्षति पुगेको छ भने तपोवन बैराज, श्रीनगर ड्याम तथा ऋषिकेश ड्याममा समेत क्षतिग्रस्त भएका छन् । हिमनदी फुटेर नदीमा बाढी आएपछि त्यसक्षेत्रमा चमोलीका प्रहरीहरु तपोवन क्षेत्रमा उद्दारमा खटिएको बीबीसीले जानकारी दिएको छ ।