काठमाडौं – सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजकालागि छापावाल सुनको प्रतितोला ९० हजार ६ सय रुपैयाँ तोकेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजको लागि तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयाँ तोकेको छ । गत शुक्रबार उक्त सुनको बजार मूल्य ८९ हजार ५ सय ५० रुपैयाँ रहेको थियो ।