काठमाडौं – प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक बिहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गरेको छ । क्यापिटलले डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुनेगरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म ‘आठ देखि आठ सेवा’ (ड त्य ड सेवा) अन्तर्गत निम्नलिखित सेवाहरु प्रदान गर्न लागेको जानकारी दिएको छ ।

१. डिम्याट खाता खोल्ने

२. मेरो शेयर खाता खोल्ने

३. डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने

४. मेरो शेयरको पासवर्ड रिसेट गर्ने

५. भौतिक शेयरलाई अभौतिकीकरण कार्य गर्ने

६. बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने

७. राफसाफको लागि डीआईएस लिने

८. शेयर रोक्का राख्ने कार्य, आदि ।