काठमाडौं – नुवाकोटको लिखु गाउँपालिका –३ ढिकुरेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रदेश ३ ०१०२ च ३७१९ नम्बरको बोलेरो गाडी र बा६३प ६६९५ नम्बरको मोटरसाइकल शनिबार राति साढे ११ बजे आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय २२ वर्षीय कमान तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारका लागि त्रिशूली अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ४५ वर्षीय रमेश तामाङ घाइते भएका छन् । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । बोलेरो गाडीहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढिकुरेले जानकारी दिएको छ ।