काठमाडौं – सप्तरीमा आज बिहान भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नम्बर २ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरीको टोलीले आज बिहान ४ बजेतिर उनीहरुको साथबाट १ थान भरुवा बन्दुक बरामद गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिएका छन् । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।