football-image

शीर्ष स्थानको होडमा रहेको साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई पराजित गरेर तेस्रो स्थानमा पुग्न सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले रोमालाई २–० ले हराएको हो । युभेन्टसका लागि १३ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए । उनले यो सिजन लिगमा २३ औँ गोल गरेका हुन् । ६९ औँ मिनेटमा रोमाका इबानेज डा सिल्भाले आत्मघाती गोल गरेका थिए ।

जितपछि २० खेलबाट ४२ अङ्कसहित युभेन्टस तेस्रो स्थानमा पुगेको छ । ४० अङ्कसहित रोमा चौथो स्थानमा झरेको छ । शीर्ष स्थानको इन्टर मिलानको २१ खेलबाट ४७ तथा दोस्रो स्थानको एसी मिलानको २० खेलबाट ४६ अङ्क पुगेको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएका अरु खेलमा स्पेजियाले सासुओला तथा जेनोआले नापोलीलाई समान २–१ ले पराजित गरेको छ । एट्लान्टा र तोरिनोले ३–३ को बराबरी खेलेका छन् ।