मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्दको निन्दा गरेको छ । याङ्गुन विश्वविद्यालय नजिक प्रहरीका ट्रक तथा दंगा नियन्त्रण साधनहरु तैनाथ गरेको छ । याङ्गुनसहित अरु शहरहरुमा पनि प्रदर्शन भइरहेको छ । दोस्रो दिन पनि याङ्गुनमा १ हजार भन्दा धेरै मानिसहरु प्रदर्शनका लागि भेला भएका छन् ।

हप्ता दिन पहिले म्यानमारको सेनाले निर्वाचित सरकारलाई हटाएर सत्ता आफ्नो हातमा लिएको थियो । आङ साङ सूकीसहितका नेताहरुलाई गिरफ्तार गरेर सेनाले म्यानमारमा १ वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ । एएफपी समाचार संस्थासँगको कुराकानीमा प्रदर्शनकारी मियो विनले आफूहरु प्रजातन्त्रका लागि अगाडि आएको जानकारी दिएका छन् ।

Myanmar-coup-image