काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप १ सय ५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ । आज देशभर कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या २ हजार ३५ पुगेको छ । आज २ सय ७२ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यो सङ्ख्यासँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको छ । हाल देशभर २ हजार १ सय ८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।