दाङमा झण्डै सवा २ लाख रकमसहित सात जना जुवाडेलाइ जुवाको खालबाट दाङ प्रहरिले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले घोराही ९ तेघराबाट २ लाख २० हजार ७ सय रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको बताएका छन् । एसपी चन्दले गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिशेष टोलीले जुवाडेलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

जुवाको खालबाट पक्राउ पर्नेमा घोराही १६ सर्रा बस्ने ३३ वर्षीय धिरण शाह, घोराही ९ का २१ वर्षीय प्रज्वल शाह, घोराही ७ का २२ वर्षीय पङ्कज पन्त, घोराही ९ का ५४ वर्षीय होमबहादुर केसी, रोल्पा त्रिबेणी गाउँपालिकाका विजय गाहामगर, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १३ का २० वर्षीय सुनिल पुनमगर, रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् । प्रहरीले पक्राउ परेकामाथि घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । डिएसपी रिजालले जुवामा पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार कारबाही हुने जानकारी दिएका छन् ।