काठमाडौं – प्रिमियर लिगअन्तर्गत लण्डन डर्बी खेलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । जर्जिन्होले एकमात्र गोलको मद्दतमा चेल्सीले टोटनहमलाई १–० ले पराजित गरेको हो । जर्जिन्होले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेका थिए । २४औं मिनेटमा टोटनहमका एरिक डायरले टिमो वेर्नरलाई फाल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जर्जिज्नहोले गोल गरेका हुन् ।