काठमाडौं – नेकपा ओली समूहले आज काठमाडौंमा गरेको सभा इतिहासकै सबैभन्दा ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताएका हुन । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न सकेन ।’