IPO-image

काठमाडौं – ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री आजदेखि खुला भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले ३५ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री गर्दैछ । यसमध्ये ६९ हजार ९ सय २८ कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७ सय ८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् ।

यस आईपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै आईपीओ बिक्री नभएमा फागुन ७ गतेसम्म आईपीओ बिक्री खुला हुनेछ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरमार्फत् अनलाइनबाट पनि सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धक बीओके क्यापिटल हो । न्यूनतम १० कित्ताका दरले बाँडफाँड हुँदा जम्मा ३ लाख २५ हजार १ सय ६५ जना लगानीकर्ताले मात्र आईपीओ हात पार्ने देखिन्छ । ग्रीनलाईफको आईपीओमा १० कित्ता आवेदन दिए पनि पुग्ने देखिन्छ ।