Corona-Death-image

एजेन्सी – गत २४ घण्टामा कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणका कारण २ सय ५४ जनाको मृत्यु भएका छ । यो सङ्ख्यासँगै कोलोम्बियामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५५ हजार १ सय ३१ पुगेको स्वास्थ्य र सामाजिक प्रतिरक्षा मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टाको अवधीका ९ हजार ७ सय ९० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या २१ लाख ३५ हजार ४ सय १२ पुगेको छ । कोलोम्बियामा आगामी फेब्रुअरी २० बाट कोभिड –१९ विरुद्धको खोप अभियान शुरु गरिने समाचारमा जनाइएको छ । यहाँँ सरकारले कोभिड–१९ को कारण लागू गरेको स्वास्थ्य आपतकालिन समयावधि फेबु्रअरी २८ सम्म विस्तार गरेको छ । मानिसहरुलाई भीडबाट जोगिन र सुरक्षाका उपायहरु अवलोकन गर्न सरकारले आग्रह गरेको छ ।