काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप १ सय ७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । योससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ । आज देशभर २ सय २७ जना कोरोना भाइरसका सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ । हाल देशभर २ हजार २ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै आज थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसको सङ्क्रमका कारण ज्यान गुमाउनेको सङ्ख्या २ हजार ३३ पुगेको छ ।