काठमाडौँ, जेठ २६ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सिंहदरबार सुरु भएको छ । सिंहदरबारस्थित काङ्ग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक सुरु भएको हो ।

बैठकमा काङ्ग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, सचेतक निश्कल राई, नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, दलको उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट खुश्बु ओलीसहितका नेता सहभागी हुनुहुन्छ ।

बैठकमा संसदको गतिरोधका विषय र समसामयिक राजनीतिक विषयबारे छलफल भइरहेको बताइएको छ ।