काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलले विरोध जारी राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै आफ्नो आसनबाट उठेर विरोध जनाएपछि १५ मिनेटका लागि बैठक स्थगित भएको हो ।

बैठक सुरु हुने बितिक्कै विपक्षीले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिनुभएको थियो । सो क्रममा विपक्षी दलका सांसदले प्रधानमन्त्री शाहको भनाइ सच्याउनुपर्ने र प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति संसद्को रेकर्डबाटै हटाउनुपर्ने माग गर्दै विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभएको छ ।